सरसफाइ, हाम्रो संकृति

सरसफाइ, हाम्रो संकृति


सरसफाइ मानिसको जिवनका लागि अदिकालदेखी नै जिवन पद्दतीसँग जोडीएर आएको विषय बस्तु हो । यसैले मानव सभ्यता तथा संकृति अनि धर्म कर्ममा सरसफाइलाइ जोडेर हेरीएको छ।यो केबल राम्रो देखीनका लागि मात्र नभएर हाम्रो सभ्याता, पहिचानका अनि स्वस्थकर बानी ब्यबाहारका लािग उक्तिकै महत्वपूर्ण छ । जन स्वस्थ्यका दृष्टिले सरसफाइ जन्य रोगहरुले बिषेशत बिकासन्मूख देशहरुमा ठूलो हिस्सा  ओगटेको छ । नेपालमा सरसफाइका कारण देखा परेका समस्याहरु सँग जुध्न अर्थतन्त्रको ठूलो हिस्सा लगानी भएको छ । नेपालमा हाल हाएर सरसफाइ जन्य रोगहरुले कुल स्वस्थ्य सम्बन्धी समस्याको ७२ प्रतिशत भाग ओगटेको छ साथै सरुवा रोग र माहामारीहरुले पटक पटक ठूलो धनजनको क्षति बेहोर्न परिरहेको छ।  विश्वको परिवेशमा विकासशिल देशहरुमा सरसफाइ जन्य रोगहरु घट्दै गइरेका छन् भने दृर्घटना तथा नसर्ने रोगहरुको मात्रा बढीरहेका छन् ।
सरसफाइलाइ जन स्वस्थ्यको आधार स्तम्भ मानिएको छ भने यसलाइ समुदाय तथा ब्यत्तिको परिचय सँग पनी जोडीएको छ । हाम्रा धर्म संस्कृति तथा ब्यबाहारिक शिक्षा दिक्षामा पनी यसलाइ राम्रो स्थान दिइएको छ । कुनै पनी धार्मिक क्रियाकलाप गर्दा होस् वा शुभ कार्य गर्दा होस सरसफाइ तथा शुद्धता लाइ पहिलो पाइलाका रुपमा राखिएको छ । कुनै पनी राम्रो कार्य गर्दा नुवाइ धुवाइ गरेर शुरुवात गर्नु पर्ने चलन राखिएको छ । हिन्दु धर्मालम्बीहरुले पुजा गर्दा पहिला जल चढाउनु पर्ने बस्तवममा सांकेतिक रुपामा हात धुनु पर्ने बानी ब्यावाहारको रुपमा लिन सकिन्छ । ब्याबाहारीक शिक्षाको रुपामा पनी सरसफाइलाइ ध्यान पुर्यउन हाम्रा पुर्खाहरुले बाँसको झ्या· तथा पानीको श्रोतका नजिक एक पटक मात्र दिसा पिसाव गर्दा बाह्र बर्ष सम्म गरेको धर्म एकैपटक नास हुने भनेर यसलाइ जोड दिएको पाइन्छ । बाँसका झ्या· झाडी तिर दिसा पिसाब गर्दा मानिसको जिबनमा बहु उपयोगी बनस्पती घर बनाउन देखी मर्दा सम्म अनी घरका लागि आवाश्यक दुध दही राख्ने  ढुङ्रो   बनउन आवाश्यक बनस्पतीलाइ कोलीफर्म जस्ता मानव दिसा पिसाबमा हुने ब्याक्टेरीयाहरुको संक्रमणलाइ ध्यन दिएको पाइन्छ।  पानी जिब जिवनका लागि नभइकन नहुने बस्तु तथा यसबाट द्रुत दरमा जिवनको नास हुने भएकोले पनी यसका श्रोत संरक्षणका लािग महत्व दिइएको पाइन्छ । मुस्लीम धर्मालम्बीहरुले सरसफाइ लाइ महत्व दिदै सरससफाइ कायम गर्नु अल्लाहलाइ खुसी पार्नु हो भनी चित्रीत गरिएको छ । त्यस्तै बौद्ध मार्गीहरुले बिशुद्धी लाइ धार्मिक जिवन तथा सम्यक आजिविकासँग जोडेर हेरीएको छ  । शारिरीक शुद्धताका साथ साथै मन बचन बिशुद्धीका लागि पनी उत्तिकै जोड दिइएको छ । इसाइ धर्मालम्बीहरुले सरसफाइलाइ सभ्याताको रुपम लिइएको छ भने सरसफाइ सँग जोडीएका र·हरुलाइ सास्कृतिक तथा धार्मिक पहिचानलाइ इङित गरिएको छ ।
सरसफाइलाइ हाम्रो धार्मिक तथा सास्कृतिक पहिचनाले यति महत्व दिदा दिदै पनी हाम्रो सरसफाइको अवस्था दयनिय रहेको छ । हामीसँग भएका धर्म संकृतिलाइ सांकेतीक रुपमा मात्रै छाड्यौ भने अफुले गर्न सक्ने कार्य तथा आफ्ने भलो हुने कार्यमा परमुखी बन्दै गयौ । आफ्नो दिसा पिसाबको सुरक्षि बिसर्जन गर्न नसक्दा जाररकोटको महामारी जस्ता दुखद परिस्थितीको समाना गरी सयौ दाजुभाइ दिदी बहीनी गुमायौ । मानिसको दिसा मानिसकै मुखमा परेर लाग्ने झाडा पखला तथा हैजा जस्ता रोगहरुबाट हामी सना बालबलिका मात्रै बार्षिक १०५०० गुमाउदै छौ । सरसफाइका लागि आधारभुत सुबिधाको रुपमा लिइने शौचालय तथा यसको प्रयोगको आनीबानीमा सुधार ल्यउन नसक्दा हामीले घृणा गर्ने दिसा हाम्रै मुखमा पर्ने दुखद अवस्था श्रृजना भएको छ । हाम्रो स्वभिमान तथा आत्म सम्मानका लागि पनी दिसा मानिसको मुखमा पर्ने अवस्थाको अन्त्यको लागि शुरक्षित शौचालयको प्रयोग तथा साबुनपानीले हात धुने बानी ब्यबाहारमा सुधार ल्याउन आवाश्यक छ ।
सरसफाइको बर्तमान अवस्थामा सुधार ल्यउन नेपालमा सरकारले ब्यबथित रुमामा सरसफाइ सामाजिक आन्दोलका रुपमा अघि बढाउन सरसफाइ गुरुयोजना ल्यएपछी यसले गति समातेको छ । यसलाइ अझ गति दिएर सरसफाइका क्षेत्रमा फड्को मार्न थुप्रै चुनौतीहरु पनी छन् ।कतिपय स्थानमा चर्पी प्रयोग गर्न त टाढाको कुरा पिउनको लागी पानी पाउन समस्या छ । त्यस्तै कतिपय अन्ध विश्वास तथा कुरीतीले गाढेको जरा हटाउन अझै मेहनतको आवाश्यकता छ । यति हुदा हुदै पनी यसमा स्थानिय स्तरको सहभागीता तथा विभिन्न दातृ निकाय र संघ संस्थाहरुसँगको साझेदारीले नतिजा मुखी लहर ल्यएको छ । देश भर खुल्ला दिसामुक्त बिद्यालय सेवा क्षेत्र, गाविस, जिल्ला अञ्चल हुने क्रम जारी छ । अभियानलाइ जति स्थनीयकरण गर्न सकिन्छ त्यतिनै चाडो यसले नतिजा हासिल गर्न सभ्भव हुने तथ्य स्थापित भइसकेको छ। हाल हाएर स्थानियस्तरका दानविरहरु बाट नहुनेलाइ सहयोग विभिन्न स्तरमा सरसफाइका सुविधा निर्माणका लागि सामुहिक रुपमा खाल्डोहरु खन्ने तथा सहयोग गर्ने परिपाटीको शुरुवात हुनुले पनी सरसफाइका क्षेत्रमा खुशीको लहर ल्यएको छ । यि नतिजाहरुलाइ संस्थागत गर्दे अभियानलाइ तार्किक निश्कर्षमा पुर्याउनु हामी सबै सरोकारवालहरुको जिम्मेवारी हुन आएको छ । यो साजिक अभियान सरसफाइका दृष्ट्रि बाट मात्र नभइ विकासका लागि स्थानिय स्तरको नेतृत्व, सहभागिता, स्रोत साधनको परिचालन आत्म सम्मानको हेराइबाट पनी नमुनाको रुपमा लिन सकिन्छ ।

कृष्ण जि सी


Comments

Popular posts from this blog

पूर्ण सरसरफाइ यात्रा किन ?