पूर्ण सरसरफाइ यात्रा किन ?

सरसफाइ तथा स्वाच्छता लगयत बिकासका हरेक काममा दिगोपनाको लागि समावेशीता एक अपरिहार्य प्रस्थान बिन्दु हो । सरसफाइ र स्वच्छतामा सफलता प्राप्तिका लागि ब्याक्ति तथा समुदायको बानी व्यवहार परिवर्तनका लागि सञ्चारले असल दिशाबोध गराउदछ । यसकालागि हरेक समुदायले यसको सफलता तथा चुनौतिहरु के हुन भन्ने बारेमा जानकार रहेको खण्डमा सु सुचित कार्य सम्पादन गर्नका लागि सहयोगी हुन्छ । यस्ता कार्यले समुदायलाइ स्वास्थ राख्न तथा सभ्य बनाउन सहयोग गर्दछ । नेपाल सरकारले सरसफाइ र स्वच्छतालाइ प्रबद्र्धन गर्नका लागि पुर्ण सरसफाइका र्निदेशिका २०७३ जारी गरेको छ । यसले मुख्यता खुला दिसामुक्त समुदाय घोषणा पश्चात यसलाइ निरन्तरता दिइ असल बानी ब्याबाहार अभ्यासका लागि सहयोग गर्दछ । हाल नेपालको परिपेक्षमा समुदायमा सरसफाइ र स्वच्छतमाका लागि मुख्य ५ ब्यबाहारहरुले आपेक्षित प्रगति ल्याउन सहयोगी हुन सक्दछन् । ती हुन् १. स्वच्छकर चर्पीको प्रयोग २. साबुनपानीले हात धुने ३. महिनावारी व्यवस्थापन ४. दिसाजन्य लेदो व्यवस्थापन ५. ठोस फोहोर व्यवस्थापन रहेको छ । यी ब्यबाहररुलाइ नियमिति अभ्यासमाका लागि पक्कै पनि चुनौति छन् । यद्यपी समुदायका व्यक्तिहरुले विभिन्न श्रृजनात्मक अभ्यास गरी नयमितरुपमा टोल स्तरमा स्थानियको अग्रसरतामा विभिन्न स्थानिय महिला समुह, वाल कल्व एवं युवा कल्वहरुको सहकार्यमा वैठक, अन्र्तक्रिया, घरधुरी तथा अभियानहरु संचालन गर्दे यी ब्याबाहारहरुलाइ प्रबद्र्धन गर्न सकिन्छ । यी बानी व्यवहारमा आएका परिवर्तनले समुदायलाइ सफा स्वाच्छ राख्न सहयोग मात्र गर्देनकी यसले त बिभिन्न प्रकारका रोगहरु लाग्नबाट कमी ल्याएर आर्थिक गतिबिधीको बढवा दिन पनी सहयोग गर्दछ । यस्ता असल अभ्यासबाट टोल बस्तीलाई सफा तथा स्वच्छ नमुना समुदायकोरुपमा घोषणा गर्न सफल हुदा समा्र समुदायको प्रतिष्ठा पनि बढ्दछ ।

Comments

Popular posts from this blog