सहलेश फुल्बारी मेला अनि सर्सफाइका सबाल  

आज नेपालको पात्रो फेरीने दिन अर्थात् नयाँ बर्ष २०७९ को पहिलो दिन । यसपालीको नयाँ बर्षमा लाहानमा नै बसेकोले याहाँको प्रसिद्ध मेला लाग्ने स्थल सशलेस फुलबारी गए । चर्को घाम कुहीरीमण्डल धुलो अनी ब्रगेल्ती पटके पसलहरु र मानव सागरलाइ छिचोल्दै पुगे । चर्को ध्वनी त मधेशको बिशेषता नै हो । 

मानिसहरुको विश्वास अनी भोरसा प्रति म घोत्लीदै गए । यहाँ सहलेसको मन्दीरमा भएका दुइ रुखमा हरेक बर्ष यसै दिन मात्र सुनाखरी फुल्ने बिश्वास छ र सोही कारण याहाँ हजारौ मानीसहरु श्रद्धापुर्वक मेला हेर्नका लागी नेपाल तथा भारतबाट पनी ठुलो संख्यामा आउने गर्दछन् । लाहान बाट ६ किमी जती पुर्वमा रहेको यस शान्त तथा सिमसार भएको ज·ल फाँटहरुका बिचमा रहेको छ। 

मेला नभएको बेला पनी म यहाँ आएको छु साच्चै यो मनोरम स्थल हो । ठुला रुखहरु अनी पुराना लाहराहरु जेलीएर प्राकृतिक सुन्दरता मनलाइ प्रफुल्लित पार्न कुनै कसर बाँकी नरहने स्थल हो यो । यस स्थल बास्थमा समावेसीताको महत्व झल्काउने बिम्ब पनी हो । किनकी यहाँ दुसाध, दनुवार जस्ता आदीबासीहरुको कुल देवताहरुको बास स्थल अनी सबैको आस्थाका रुपमा बिसाल मेलाले सबैलाइ सगै उभ्याउने स्थल पनी हो । ब्यापार उत्पादनहरुलाइ बजार पनी हो। यस कारण यस मेलाले मधेशमा नयाँ बर्षको हर्ष र उल्लास भर्नका साथै बहु आयामहरुले भरीएको छ । 

मेलामा घुम्दे हिड्दा सरसफाइ र स्वच्छताका सबालले मन च्वास्स छोयो । यो बिसाल मेला यहाँ जवाफदेहीता बिनाको ब्यापार अनी मानव स्वस्थ्य प्रतिको हेलचक्रायाइ चाही अली समयमा सोच्न सकिएन भने समस्याहरु झन बढ्ने छन् । खेतमा जथाभावी दिसा अनी धुलाम्य जेरी , पुरी, यत्रतत्र पान  गुट्का खादै थुक अनी प्लास्टीक खेतभरी, पानी र बियरका बोतल पनि  जथाभावी छन् । फोहर एक ठाँउमा राख्ने न डस्टबीन न खाडल । थाहा छैन जमीन कसरी दिन्छ उत्पादन । सयमा नै यस्था कुरामा थोरै मात्र ध्यान पुर्रयाउन सके यसले समस्यालाइ समाधान गर्दे जाने थियो । 


Comments

Popular posts from this blog

पूर्ण सरसरफाइ यात्रा किन ?