पूर्ण सरसरफाइ यात्रा किन ?
सरसफाइ तथा स्वाच्छता लगयत बिकासका हरेक काममा दिगोपनाको लागि समावेशीता एक अपरिहार्य प्रस्थान बिन्दु हो । सरसफाइ र स्वच्छतामा सफलता प्राप्तिका लागि ब्याक्ति तथा समुदायको बानी व्यवहार परिवर्तनका लागि सञ्चारले असल दिशाबोध गराउदछ । यसकालागि हरेक समुदायले यसको सफलता तथा चुनौतिहरु के हुन भन्ने बारेमा जानकार रहेको खण्डमा सु सुचित कार्य सम्पादन गर्नका लागि सहयोगी हुन्छ । यस्ता कार्यले समुदायलाइ स्वास्थ राख्न तथा सभ्य बनाउन सहयोग गर्दछ । नेपाल सरकारले सरसफाइ र स्वच्छतालाइ प्रबद्र्धन गर्नका लागि पुर्ण सरसफाइका र्निदेशिका २०७३ जारी गरेको छ । यसले मुख्यता खुला दिसामुक्त समुदाय घोषणा पश्चात यसलाइ निरन्तरता दिइ असल बानी ब्याबाहार अभ्यासका लागि सहयोग गर्दछ । हाल नेपालको परिपेक्षमा समुदायमा सरसफाइ र स्वच्छतमाका लागि मुख्य ५ ब्यबाहारहरुले आपेक्षित प्रगति ल्याउन सहयोगी हुन सक्दछन् । ती हुन् १. स्वच्छकर चर्पीको प्रयोग २. साबुनपानीले हात धुने ३. महिनावारी व्यवस्थापन ४. दिसाजन्य लेदो व्यवस्थापन ५. ठोस फोहोर व्यवस्थापन रहेको छ । यी ब्यबाहररुलाइ नियमिति अभ्यासमाका लागि पक्कै पनि चुनौति छन् । यद्यपी समु...