खडक नगरपालिकामा सरसफाइ सम्मेलन
१५ भाद्र, कल्याणपुर ।
From Sabal Neapl
wwww.sabalnepal.org.np
नगरपालिकालाई पुर्ण सरसफाइ युक्त नगरपालिका घोषणा गर्ने अभिप्रायका साथ खडक नगरपालिका स्थित फुलेश्वर जनता माध्यमिक बिद्यालय, वडा नं. ६ मा सरसफाइ सम्मेलनको आयोजना गरिएको छ ।
एसएनभी नेपालसंगको साझेदारीमा सबल नेपालद्धारा संचालित स्मार्ट बिद्यालय कार्यक्रम अन्र्तगत संचालित उक्त कार्यक्रम अन्र्तगत बिद्यालयका बालबालिकाहरुलाई बिभिन्न ७ समुहमा बिभाजन गरि सरसफाइ तथा स्वास्थ्यका सुचांकहरुको आधारमा जिम्मेवार दिइएको थियो । जस अन्र्तगत बालबालिकाहरुका लागि अंक सहित बिभिन्न ७ रंगको झण्डा समेत बिद्यालयमा राखिएको छ । सरसफाइ तथा स्वास्थ्यका सुचांकका आधारमा झण्डालाई माथि उठाउने गरिन्छ । झण्डा सत प्रतिशत माथि उठेको खण्डमा बिद्यालय पुर्ण सरसफाइ हुने भनी बुझिने जानकारी सबल नेपालका सुपरभाईजर देवेश कुमार चौधरीले दिनु भएको छ ।
शुक्रवार सम्पन्न उक्त कार्यक्रममा बालबालिकाहरुले आफना प्रतिभा प्रष्टफुटन गर्नुको साथसाथै झण्डोतोलन समेत गरिएको थियो । बिभिन्न ७ समुहको भएको उक्त प्रतियोगितामा स्वच्छ वातावरण समुह बिजेता भएको थियो । उत्कृष्टलाई ५ हजार नगद समेत सबल नेपालबाट प्रदान गरिएको जानकारी कार्यक्रम संयोजक परमेश्वर झाले दिनु भएको थियो ।
कार्यक्रम अन्र्तगत बालबालिकाले बिद्यालयमा सरसफाइ तथा स्वास्थ्यका लागि राखेको दान पेटिकामा २५ हजार ९ सय रुपैया संकलन समेत भएको थियो ।
फुलेश्वर जनता माध्यमिक बिद्यालयको आफनै प्रागंणमा संचालित उक्त कार्यक्रममा बिद्यार्थीहरुका साथसाथै अभिभावक तथा स्थानीयहरुको उपस्थिती रहेको थियो । बिद्यालयका संस्थापक देवेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा खडक नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष राकेश साहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा एसएनभी नेपालका सप्तरी जिल्ला संयोजक कृष्णा जिसी, सिरहाका रामप्रकास सिंह, सबल नेपालका उपाध्यक्ष भुपेश कुमार साह, कोषाध्यक्ष आयुश श्रेष्ठ तथा कार्यक्रम संचालित १० बिद्यालयका प्रधानाध्यापक लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन बिद्यालयका शिक्षक रामकुमार चौधरीले गर्नु भएको थियो । स्मार्ट बिद्यालय कार्यक्रम खडक नगरपालिकाका बिभिन्न १० निजी तथा सरकारी बिद्यालयमा संचालित रहेको छ ।

Comments
Post a Comment