खुला दिसामुक्त सप्तरी र अबको प्राथामिकता
कृष्ण जि सी District ODF declaration Ceremony of Saptari, Photo by Krishna GC सरसफाई तथा स्वच्छतालाई स्वास्थ्य, विकास र प्रतिष्ठाको आधार स्तम्भ मान्दै नेपाल सरसकारले सरसफाई गुरुयोजना सन् २०११ लागु गर्दा तराइका अधिकांश जिल्लाको सरसफाईको अवस्था नाजुक थियो । सबै भन्दा धेरै जनासंख्या बस्ने तराइरमधेशमा सबभन्दा कम मान्छेको चर्पीमा पहुंच रहेको अवस्थामा, सन् २०१७ सम्ममा देशका सबै घरधुरीसम्म शौचालय पुर्याउने लक्ष्य निकै महत्वकांक्षी तथा प्राय मधेशका आठ जिल्लाले लक्ष्य प्राप्त गर्न असम्भव नै छ भन्ने टिका टिप्पणी विभन्न स्तरमा भइरहेको परिपेक्षमा सप्तरी जिल्लाले २०७४ चेत्र २५ गते लक्ष्य हासिल गरेर, गरे हुन्छ भन्ने तथ्यलाइ प्रमणित गरेको छ । सन् २०११ को राष्ट्रिय जनगणनाको तथ्यलाइ फर्केर हेर्दा सप्तरी जिल्लामा सरसफाइमा ७५औ जिल्लाको स्थानमा हुदा चर्पीमा पहुँचका हिसाबले जम्मा १९ प्रतिशतको हाराहारी सँग रहेको थियो । भएका शौचलाय पनि पुर्ण रुपमा प्रयोगमा आएका थिएनन् । समान्य बुझाइमा सबै घरधुरीले चर्पी निर्माण गरेको अवस्थालाइ खुल्ला दिसामुक्त अवस्था हो भन्ने बुझाइ स्थापित भएको छ । घना बस...