सप्तरीबासीको तन, मन र कर्मको प्राप्ति, खुला दिसामुक्त जिल्ला सप्तरी
सरसफाइ र स्वच्छता प्रबद्र्धनका हिसाबले हालका बर्षहरु नेपालमा निकै फलदायी देखीएका छन् । नेपलमा सन् १९८० को दशक देखी सरसफाइ र स्वच्छता प्रबद्र्धनका कार्यहरु थालनी गरिएको मा यसले धिमे गति लिदै सन् २०१० सम्म आउदा जम्मा ४३ प्रतिशत सम्म मात्र शौचालय पुर्याउन सफल भएको थियो। त्यसबेला राज्यले सरसफाइ प्रबद्र्धनका लागि अनुदान बाँड्ने कार्यहरु भएको थियो । सन् २०११ मा नयाँ चिराबाट सोच्दै नेपाल सरकारले सरसफाइ प्रबद्र्धनको पद्दतीमा परिमार्जन गरी यसलाइ सामाजिक आन्दोलनका रुपमा प्रबद्र्धन गर्ने निति लिएर स्वस्थ्य प्रतिष्ठा र विकासका लागि सरसफाइ भन्दै गुरुयोजना सार्वजनिक गर्यो। गुरुयोजना सार्वजनीक भएपछी भने सरसफाइ प्रबद्र्धनले एउटा अभिभावकीय नीतिगत स्पस्टता पाएको छ जसको मर्म अनुसार सरकारी, गैर सरकारी तथा विभिन्न स्तरका सरोकारवालाहरु सँग सगै कार्य गर्ने पद्दतीको थालनी भएको छ । यस प्रकारको सँगै कार्य गर्नकालागि केन्द्र, क्षेत्र, जिल्ला, गाविस तथा वडा तह सम्मको संयन्त्र चलायमान गर्दे तिब्र गतिमा सरसफाइको सुबिधामा पहुच बृद्धि गर्न गुरु योजनाले नितीगत स्पष्टता ल्याएको छ। फलस्वरुप हाल नेपालमा ९६ प्रतिशतको हाराहारी सँग चर्पीको पहुच छ। यसै गरी २०११ मा प्रकाशित नेपालको जनगणनाको तथ्याड्ढले सप्तरी नोपलको सरसफाइमा सबै भन्दा पछाडी अर्थात १९ प्रतिशत सँग सरसफाइमा पहुँच भएको ७५ औ जिल्ला देखीन्छ । त्यस पश्चात सन् २०१४ सम्म देशभर सरसफाइमा माहोल तयार भएर गाविस, नगरपालिका, जिल्ला खुल्ला दिसामुक्त घोषणा भइरहदा सप्तरीमा खासै सरसफाइले गति लिएको देखीदैन । तर पनी त्यो बिचमा सम्माननीय तत्कालीन उपराष्ट्रपति परामानान्द झा ले सगरमाथा अञ्चलको पहिलो खुल्ला दिसामुक्त साविकको कञ्चनरुप गाविसालाइ घोषणा गर्नुभएको थियो । सन् २०१४ पश्चात सरसफाइ प्रबद्र्धनका लागि जिल्लामा सरोकारवला निकायहरुले निकै तदारुकता देखाएका छन् । साथ साथै अभियानालाइ गति दिनका लागि स्थानिय निकायहरुको नेतृत्वकामा दातृ निकाय र गैर सरकारी संघ संस्थाले सहजीकरण तथा सरोकारवलाहरु सँग हातेमालो गर्दे अगाडि बढेका छन् । वि.स २०७१ को पौष ३० (१४ जनावरी २०१५) मा हरिपुर गाविस खुल्ला दिसामुक्त घोषण भए पश्चात भने जिल्लामा काम गर्ने सरसफाइका अभियान्ता तथा सरोकारवलालाई अव सकिन्छ भन्ने भावना र उर्जाका साथ साथै सकरात्मक प्रतिश्पर्धाको शुरुवात भयो। आज अर्थात यो २०७४ चैत्र २१ गते जिल्लामा शत प्रतिशत सँग शौचालय पहुँच सगै जिल्ला खुलादिसा मुक्त घोषण हुन पुगेको छ । यस यात्रमा हालका ९ नगरपालिका र ९ गाँउपालिका तथा साविक सबै गाविस र वर्डहरुले खुल्ला दिसामुक्त घोषण समारोह सम्पन्न गरिसकेका छन्।
सरसफाइ अभियान तनको अभियान हो । यस अभियानमा गार्मीमा तप तप पसिना चुहाउदै जाडोमा लुग लुग काप्दै गाउ जागरणमा हिड्ने हजारौ अभियान्ताहरुको दुखका कथाहरु चित्रित गर्ने हो भने अर्को विकिपिडिया तयार हुन सक्छ । तर यसरी अहोरात्र गरिएको परिश्रहरु खुल्ला दिसामुक्त अवस्थाको याथार्थतामा मधुर सम्झना भएर प्रतित हुने गरेको छ । अभियानका क्रमामा मिस्त्री तथा मजदुरहरुले रात रात मइन्टोल, बत्ति बालेर काम गरेका धेरै उदारण हरु जिउदा छन् र हुने तथा बन्ने छन्।
सरसफाइ अभियान मनको अभियान हो । यस अभियानमा जिल्ला तथा मुख्यतया गाविस स्तरमा रात दिन नभनी प्रतिष्ठाको लडाइको रुपमा खट्ने गाविस स्तरीय खानेपानी सरसफाइ तथा स्वाच्छता समन्वय समिति, (भिवाससीसी), स्थानीय बुद्दीजिबी, राजनीतिकर्मी, सरोकारवाला र सहजीकरण गर्ने संस्थाका कर्मचारीको रात दिनको मेहनत र पसिनको कमाइ हो । यस अयिान अनुदान रहित अभियान भएको कारण यदा कदा गरिब प्रतिको अन्यय र थिचोमिचोको रुपमा चित्रित गर्ने गरिएको पनी छ । शत प्रतिशत घरधुरीमा शौचालयको पहुच पुग्दा यस प्रतिष्ठाको अभियानको रुपमा स्थापित भइ गरिवीको सापेक्षिक परिभाषा फरक खोजेको छ । हरेक ब्यक्ति गरिव हो वा होइन यसको निर्याय गर्ने अधिकार केवल उसलाइ मात्र छ र दोस्रो ब्यत्तिलले उसलाइ गरिब र निमुखा भन्दै पछाडी परिन हुन्न भन्ने तथ्यलाइ अ·िकार गरेको छ। सवै भन्दा महत्वपुर्ण कुरा यो कुनै ब्यक्ति, समुदाय, समुह आदी मानव प्रर्बद्धन भएका विभाजन भन्दा माथि रहेर सबैसँग पुग्ने गरेको छ । सरसफाइ अभियान चर्पी भएका र नभएका दुवै थरीलाइ बारबर हिस्सेदार मानेर सञ्चालन भइरहेको छ । यस अभियानले गविस तथा स्थानिय निकायका कार्यक्रमहरुमा हरेक घरका लागि चिन्तन गर्ने परिपाठीको शुरुवात गरेको । शौचालय बानाउन को शक्षम छन् कसलाइ सहयोग सद्भाव वा परामर्शको आवश्यकता छ भन्ने कुरा सयौ पटक मन्थन गारएको छ।मन भएका हजारौ उपकारीहरुले यस अभियानमा मन खोलेका दृश्टान्त छन् । हरिपुर गाविसका धनिक लाल शाह सप्तरीको पहिलो खुल्ला दिसामुक्त गाविसका एक प्रतिनिधी पात्र हुन जसले २५ लाखको इटा चर्पीका लागि विना ब्याज उधारोमा दिएर अभियान सफल बानाउनमा योगदान गर्नु भयो ।
सरसफाइ अभियान कर्मको अभियान हो । हाम्रा पुर्वेली संस्कार र संकृतिमा कर्मलाइ विशेष महत्व दिन्छौ । सरसफाइ अभियान सबैको कल्याणका लागि चालिएको अभियान हो । यसले सभ्याता र संकृति अनी प्रशंसा, लाज शरम घृणा जस्ता लोकोपकारी धर्महरुको उजागर गरेको छ । हाम्रा समुदायमा देखीएका महिला हिंसा र बलत्कारका कयौ कारक हरु खुल्लामा शौच गर्नु सँग जोडीएका छन। हामी हामा्र हरेका पुण्य कार्य गर्दा सरसफाइलाइ विशेष महत्व दिएर नुहाउने न· काट्ने सरसफाइ गर्ने गर्छौ । तर मानव मल मुत्र जस्तो घातक फोहरको ब्यबस्थापनामा चासो दिएका थिएनौ सो को ब्यबस्थापन गर्दा पक्कै पानी हाम्रो कर्म राम्रो नै बन्छ ।
विकास तथा अन्य सामाजिक कार्यहरुको सधै शुरु गर्नु भन्दा पहिलो तगारोको रुपमा देखीने अर्थलाइ यसले चिर्ने प्रयत्न गरेको छ । किनकी यस अभियानमा जिल्ला खुला दिसामुक्त घोषण गर्न एक घरले २० हजार मात्र खर्च गर्दा पानी झण्डै ११८८७८ घर मध्ये यस अभियान पश्चात बनेका शौचालय ९७,८९८ को कारोबार रकम २ अर्वको हारहारीमा हुन्छ जुन स्थानियले नै खर्च गर्ने अर्कोले मजदुरी पाउने एवं ब्यबाशाय चल्ने गरेको छ । साविक संरचना अनुसार कल्याणपुर गाविसमा झण्डै ३६५ भुमीहिन हरुलाइ मनकारी स्थानीयहरु सँग हातेमालो गर्दे स्थानिय निकायको सहजीकरणमा शौचालयको लागि जग्गा ब्यबस्थापन गरेर खुल्ला दिसामुक्त घोषण गर्न सक्नु ‘गरे हुन्छ’ भन्ने सफलताको मिठो उदारण हो ।
जिल्लाले खुला दिसामुक्त अवस्था हासिल गर्दा सरसफाइ अभियानका बहुआयमिक फाइदाहरुलाइ मध्यनजर गर्दे हालका उपलब्धीलाइ संस्थागत गरी अबको पूर्ण सरसफाइको यात्रामा सम्पूर्ण जिल्लाबासी सरोकारवाला निकाय साझेदार निकाय, स्थानिय सरकार, संघ संस्थाहरुको हातेमालो आवाश्यक देखिन्छ । खुला दिसामुक्त अवस्थामा आइपुग्दा सरसफाइको पहिलो पाइला पार भएकोले सन् २०३० सम्मको विश्व ब्यापी दिगो विकास लक्ष्य तथा राष्ट्रिय प्रतिबद्दतालाइ पुरा गर्न सप्तरी जिल्लाले पूर्ण सरसफाइका लागि निरन्तर कार्य गरेमा सफलत नजिक छ भन्ने तथ्यलाइ खुला दिसामुक्त जिल्ला घोषणाले स्थापित गरेको छ।
कृष्ण जि.सी.
Comments
Post a Comment