खुला दिसामुक्त सप्तरी र अबको प्राथामिकता
कृष्ण जि सी
| District ODF declaration Ceremony of Saptari, Photo by Krishna GC |
समान्य बुझाइमा सबै घरधुरीले चर्पी निर्माण गरेको अवस्थालाइ खुल्ला दिसामुक्त अवस्था हो भन्ने बुझाइ स्थापित भएको छ । घना बस्तीहरुका विचमा हाते पम्प, इनार पोखरी लगायत पानीका स्रोतसँग चर्पीको खाल्डोको दुरी तथा बनावटमा ध्यान दिन जरुरी छ । अव को चुनौती भनेको चर्पी बनाउनु भन्दा स्वस्थप्रद रुपमा प्रयोगको सुनिश्चितता तथा चर्पीबाट निस्केको दिसाजन्य लेदोले पर्न सक्ने सम्भाब्य असर न्यूनीकरण गर्नु हो । साथै यस अभियानले समुदायमा ल्याएको बहुआयामीक परिवर्तन जस्तै बालबालिका, महिला, अल्प संख्याक, अपाङ्गता भएका ब्यक्ति लगायत सबैको सहभातिा, सरकारी, गैर सरकारी, निजी क्षेत्रको सहकार्य, कामको शुरुवात अरुलाइ भनेर होइन आफै जुट्न पर्छ, मेरोको सट्टा हाम्रो समुदाय भन्ने भावना उजागर आदिलाइ संस्थागत गर्नु हो । खुल्ला दिसामुक्त बनेका समुदायका चर्पीको समुचित प्रयोग गर्दे साबुनपानीले हातधुने बानी ब्यहोराको विकास लागायतका नेपाल सरकारको पूर्ण सरसफाइका ७ सुचक प्राप्ति कम चुनौती पूर्ण छैन । सरसफाइका सुविधामा पहुंचलाइ संख्यात्मक रुपमा मापन गर्न सजिलो छ तर बानी ब्यवहारका सुचकहरुको गुणात्मक मापन त्यति सजिलो छैन । कतिपय जानीफकिर हरु पनी शौचालयको प्रयोग भनेको पूर्ण सरसफाइ कार्यक्रममा मात्र समेटिन सक्ने अवधारण पाल्ने गरेको पनी देखीन्छा। यसरी खुला दिसामुक्त घोषणा पश्चात पूर्णसरसफाइको काम नै शुरु भएन भनेर भन्नु भन्दा कम्तीमा हामीसँग भएको सुविधाको प्रयोग गर्नु अजको आवाश्कता हो ।
खुल्ला दिसामुक्त घोषणा पश्चता हाल बदलिदो संरचना अनुसार प्रत्येक पालिका वा स्थानिय तहले यसका लागि निरन्तरता दिन सकिएन भने लामे समय सम्म बाहिर दिसा गरेको बानी भएका मानिसहरुबाट समुचित चर्पीको प्रयोग र स्वस्थकर आनी बानीको अभ्यासमा कमी हुनसक्ने सम्भावना छ । समय समयमा यसै परिवेशलाइ चित्रित गर्ने समाचार प्रकाशन तथा भनाइ तथ्यहरु हाम्रा सामु छन्। यसकारण खुल्ला दिसामुक्त हुनसाथ नै कम्तीमा पनि साबुन पानीले हात धुने र सफा तथा स्वच्छ चर्पी प्रयोाग सबैका लागि र सध्रैका लागि बनाउन लागी पर्नुपर्ने टड्कारो आवाश्यकता छ । यही आवश्कतालाइ मनन गर्दे सरसफाइमा समुदायमा स्तरका बास्तविक समस्याहरु प्हिचन गरी सप्तरी जिल्लाले सरसफाइ र स्वच्छताका लागी बानी ब्याबाहार परिवर्तनका लागि सञ्चर रणनीति तयार गरेर खुल्ला दिसामुक्त क्षेत्रलाई संस्थागत गर्ने कार्य जिल्ला खुला दिसामुक्त घोषण गर्नु पूर्वनै गरेको छ । जसको मुल मर्मलाइ आत्मसाथ गर्न सके यदाकदा खुला दिसामुक्त घोष्णा भएर के भो मान्छे बहिर जाने गर्छन भन्ने भनाइहरु नास्तेज हुने छन् । हिजो बहिर जाने ८९ प्रतिशत आज फाट्ट फुट्ट बाहेक सबै शौचालय भित्र गए पनी हाम्रो उदेश्य शत प्रतिशतको असल ब्यबाहारको विकास हो ।
पूर्ण सरसफाइ भनेको नयाँ अभियनको शुरुवात नभइ खुला दिसामुक्त अभियानको निरन्तरता हो भन्ने मन्यतालाइ मध्यनजर गरी सबै स्थनिय तहमा खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको निरन्तरता र गठन र पुर्नगठन गर्दे नेपाल सरकारको पूर्ण सरसफाइ निर्देशिका अनुसार निम्न सुचकहरु हासिल गर्ने तदारुकता देखाउन आवश्यक देखीन्छ ।
१. योजना तर्जुमा तथा व्यवस्थापन
२. चर्पीको समुचित प्रयोग
३. व्यक्तिगत सरसफाइ
४. सुरक्षित पानीमा पहँुच तथा प्रयोग
५. सुरक्षित खानाको प्रयोग
६. घरायसी एवं संस्थागत सरसफाइ
७. वातावरणीय सरसफाइ
सरसफाइका सुचकहरु हासिल गर्नका लागि रणनीतिक योजनाको तयारी तथा कार्यन्वयन गर्न र श्रोत साधानको ब्याबस्थपनले सामिजिक विकासको महत्वपूण पाटोमा ठोस उपलब्धि हासिल गर्न सकिन्छ । यस अभियानले प्रत्येक ब्याक्ति, समुदायको ब्याबाहारलाइ समेट्न पर्ने भएकोले यसका सम्बन्धमा भएका ज्ञान, समस्या तथा अवसरलाइ बिश्लेषण गरी उपयुक्त माध्ययमबाट सरल र सहज रुपमा बुझेर अभ्यास गर्ने शन्देशहरुको विकास तथा प्रचर प्रशार गर्न आवाश्यक छ । समुदायमा दिने सन्देशहरु संख्यात्मक भन्दा गुणात्मक तथा प्रभावकारी बनाउन बढी महत्वपूर्ण भएकोले पनि सरसफाइका क्षेत्र प्राप्त सफलता र ब्यबाहर विकासका कडीहरुका सम्बन्धमा अध्ययन खाँचो छ । यस्ता अध्ययनले औल्याएका तथ्यहरुलाइ समेटेर अपेक्षित नजिता प्राप्ति गर्न पाइला चाल्नु आजको आवाश्कता रहेको छ ।
Comments
Post a Comment