सरसफाईमा उर्लदो जनलहर र खड्र्किदो आवश्यकताबीच बानी ब्यबाहार परिवर्तनको लागी सप्तरीमा गरिएका प्रयास
कृष्ण जि सी
सरसफाई तथा स्वच्छतालाई स्वास्थ्य, विकास र प्रतिष्ठाको आधार स्तम्भ मान्दै नेपाल सरसकारले सरसफाई गुरुयोजना सन् २०११ लागु गर्दा तराइका अधिकांश जिल्लाको सरसफाईको अवस्था नाजुक थियो । सबै भन्दा धेरै जनासंख्या बस्ने तराइरमधेशमा सबभन्दा कम मान्छेको चर्पीमा पहुंच रहेको अवस्थामा, सन् २०१७ सम्ममा देशका सबै घरधुरीसम्म शौचालय पुर्याउने लक्ष्य निकै महत्वकांक्षी तथा प्राय असम्भव नै देखिएको अवस्थामा हालआएर सरसफाइ अभियानले गति लिन थालेको छ । हालका बर्षहरुमा के पहाड, के हिमाल, र के तराइ, सर्बत्र सरसफाइको लहर चलेको छ । सिराहा र सप्तरी जिल्ला सरसफाइमा क्रमश ७४ र ७५ औ जिल्ला मात्र होइन सरसफाईको पहृंच ज्यादै न्यून घरधुरीमा मात्र थियो, अर्थात सरसफाईको सुविधामा (शौचालयमा) पहुंच क्रमश सिराहामा २१ र सप्तरीमा १८ प्रतिशत सँग मात्र रहेको र सो पनि पुर्ण रुपमा प्रयोगमा आएका थिएनन् ।
हालका बर्षहरुमा जिल्लाले आशालाग्दो तथा अनुकरणयोग्य प्रगति गरेको पाइएको छ् । अनेकौ प्रयाशहरु बिच अड्केको प्रगति हालका बर्षमा विना अनुदान एवं सरकारी, गैर सरकारी तथा निजी क्षेत्र सहितको समन्वय र सहकार्यले जनताहरुको सरसफाईमा पहुंच बढेको देखिन्छ । हाल सिराहा र सप्तरीमा पनि सरसफाईको सविधामा (शौचालयमा) पहुंच क्रमश ८३ र ८४ प्रतिशत भन्दा बढी जनसंख्यामा विस्तार भएको छ । सांच्चै भन्नुपर्दा, सरसफाइको अभियानमा अहिले एक किसिमको माहोल तयार भएको छ । चर्पी प्राय अव बनाउदिन भनेर भन्ने घरधुरी सायद कमै पाईन्छन् । गरिबी, जग्गाको अभाव, जग्गाको विबाद, नया घर बनाउन पर्ने आदी जस्ता कुराहरु गरेर केही ढिला गर्ने संकेत देखाएपनि अव चर्पी किन चाहिन्छ र रु भन्ने समुदाय नगन्य भइसकेका छन् । सरसफाईमा पछि परेका मधेशका जिल्लाहरुमा हाल दिनै पिच्छै खुल्ला दिसामुक्त गाविस घोषणा समारोहहरु भइरहेका छन् ।
यद्यपी आम बुझाइमा सबै घरधुरीले चर्पी निर्माण गरेको अवस्थालाइ खुल्ला दिसामुक्त अवस्था हो भन्ने बुझाइ स्थापित भएको छ । घना बस्तीहरुका विचमा हाते पम्प, इनार पोखरी लगायत पानीका स्रोतसँग चर्पीको खाल्ड ोको दुरी तथा बनावटमा ध्यान दिन जरुरी छ । अव को चुनौती भनेको चर्पी बनाउनु भन्दा स्वस्थप्रद रुपमा प्रयोगको सुनिश्चितता तथा चर्पीबाट निस्केको दिसाजन्य लेदोले पर्न सक्ने सम्भाब्य असर तसर्थ तीनीहरुको ब्यापक ब्यबस्थापन गर्ने र यस अभियानले समुदायमा ल्याएको बहुआयामीक परिवर्तनलाइ संस्थागत गर्नु हो । खुल्ला दिसामुक्त बनेका समुदायका चर्पीलाइ समुचित प्रयोग गर्दे साबुनपानीले हातधुने बानी ब्यहोराको विकास कम चुनौती पूर्ण कार्य छैन । सरसफाइका सुविधासम्म पहुंचलाइ संख्यात्मक रुपमा मापन गर्न सजिलो छ तर बानी ब्यवहार मापनका लागि गुणात्मक मापन गर्न संख्यात्मक मापन जति सजिलो छैन । फेरी हालका बर्षहरुमा यदाकदा चर्पीको समुचित प्रयोग भनेको खुल्ला दिसामुक्त पछिको कार्यक्रम भनेर पनि बुझ्ने गरिएको छ । जसका कारण खुल्ला दिसामुक्त समारोह भब्यताका साथ त गरिन्छ तर अनि लगतै त्यस गाविसमा बानी ब्यवहार परिवर्तनका लागि लाग्नु भन्दा कडा मिहिनेतका विच निकालिएका नतिजाको रसस्वादन सहित केही समयका लागि बिश्राम गर्ने समयका रुपमा लिने गरिएको पाइएको छ ।
खुल्ला दिसामुक्त घोषणा गरेर यस पछिका क्रियाकलाप नगर्दा, त्यो समुदाय जसले लामो समय सम्म बाहिर दिशा गरेको थियो ति चर्पीहरु समुचित प्रयोग र स्वस्थकर आनी बानीको अभ्यासमा कमी हुने सम्भावना बढने देखिएको छ । साथै समय समयमा यस्ता समाचार तथा घटनाहरु देखीएका पनि छन्। यसकारण खुल्ला दिसामुक्त हुनसाथ नै कम्तीमा पनि साबुन पानीले हात धुने र सफा तथा स्वच्छ चर्पी सबैका लागि र सध्रैका लागि बनाउन लागी पर्नुपर्ने टड्कारो आवाश्यकता छ । यही आवश्कतालाइ मनन गर्दे सरसफाइका बास्तविक समस्याहरु समुदायमा अध्ययन गरेर सिराहा र सप्तरी जिल्लाले सरसफाइ र स्वच्छताका लागी बानी ब्याबाहार परिवर्तन सञ्चर रणनीति तयार गरेर खुल्ला दिसामुक्त क्षेत्रलाई संस्थागत गर्ने कार्य शुरु गरेको छ ।
सिराहा र सप्तरी जिल्लामा हाल सम्म ३८ वटा गाविसह्रु खुल्ला दिसामुक्त भएका छन् । सन् मार्च २०१५ मा सरसफाइ र स्वच्छताका लागी बानी र सञ्चार रणनीति बास्तवमा खुल्ला दिसामुक्त भएका गाविसका आम जनसमुदायले यसका बास्तविक फाईदालाइ अनुभुति गरुन् भन्ने हेतुले तयार भएको छ । उक्त रणनीतिले हाललाइ २ वटा लक्षित ब्यवहार अर्थात् क) स्वास्थ प्रद चर्पीको प्रयोग ख) जोखीपपूर्ण अवस्थामा साबुनपानीले हातधुने बानी ब्यवहारको बिकासलाइ जोड गरेको छ, जुन पूर्ण सरसफाइका प्रथम दुइ सुचकहरु पनि हुन् । यस रणनीतिले स्वस्थकर बानी ब्याहार प्रबद्र्धनका लागि बाधक तत्वलाइ पहिचान गरी न्यूनीकरण गर्दे उत्प्रेरक तत्वलाइ प्रोत्साहन गर्दे ज्ञान र सामाजिक मूल्य मान्यतालाइ स्थापित गरी ब्यबाहार परिवर्तनलाइ लक्षित गरेको छ ।
सिराहा र सप्तरी जिल्लामा समुदायको सरसफाइ सम्बन्धी बानी ब्यावहारको अध्ययनका क्रममा चर्पी सधैं स्वास्थकर राख्न चर्पी प्रयोग कर्ताले के के गर्नुपर्छ (कस्ता कस्ता बानी अपनाउनुपर्छ) भन्ने बारे ज्ञानको अभाव पाइयो साथै स्वथकर चर्पी कस्तो हुनुपर्छ भन्ने बारे ज्ञानमा कमी देखीन्छ । यस्तै गरी सामजिक चालचलन हेर्दा पनी चर्पीको प्रयोग तथा सरफाइ गर्ने भनेको व्यक्तिगत मामला हो र यो सामाजिक विषय होईन किनभने यसले अरुलाई केही असर गदैंन भन्ने धारणा देखीन्छ । यसै गरी सफा चर्पी नरहनुमा चर्पी सफा गर्ने जिम्मेवारी महिलाहरुको हो भन्ने मन्यताले महिलालाइ चर्पी अतिरित्त कार्यभार बढ्ने मात्र नभइ यसको स्वच्छतामा कमी आउने सम्भावना देखीन्छ । घरका वृद्ध पुरुषहरु जस्तैः ससुराहरुले बुहारीले प्रयोग गर्ने चर्पी प्रयोग नगरी दिसा गर्न खुला ठाउँमा नै जाने गरेको पनी देखीयो । छोरीबुहारीले प्रयोग गर्ने चर्पी ससुरा वा जेठाजुले प्रयोग गरेमा पाप लाग्छ भन्ने जस्ता जन विश्वास सरसफाइमा बाधक रुपमा पाइएको छ । अर्को तिर चर्पीको खाडल छिटो भरीने डरले घरका पुंरुषहरु दिसा गर्न खुला ठाउँ जाने प्रवृती पनी पाइन्छ । यही समुदायमा प्राय हाते पम्मबाट पानी पाइने भएकोले केहीसम्मको पहुचका हिसाबले पनी चर्पी सफाइका सामाग्री जस्तै हर्पिक, फिनाइल, ब्रुस, पानी राख्ने बाल्टीन जग राम्रो छ अर्थात बजारमा उपलब्ध छ । खाडल भरिएमा खाली गर्ने सदरमुकामबाट सफा गर्ने ट्रक बोलाउन सकिन्छ र मेसिन पनी बजार वा सदरमुकाम बाट लिन सकिन्छ । जसरी घरमा चर्पी बनाउदा समुदायले गर्व गरेको छ सो लाइ सफा चर्पीको सधै प्रयोगका लागि पनी निरन्तरता दिन जरुरी छ । तराइ समुदायमा पहुनालाइ विषेश सप्तकार गर्ने चलन छ जसलाइ सरसफाइमा जोड्न जरुरी छ । यिनै कुरालाइ मध्यनजर गर्दे स्वास्थप्रद चर्पीको प्रयोगका लागि जिल्लाले तालिका १ अनुसारका कार्य गरिरहेको छ ।
तालिका 1स्वच्छ तथा स्वस्थकर चर्पीको प्रयोग
लक्षित समुह सञ्चारको उद्धेश्य
| लक्षित समुह | सञ्चारको उद्धेश्य |
| सञ्चार क्रियाकलाप पश्चात घरका मुली मान्छे जस्तै श्रीमान, बवा, आमा आदी | समाजमा उदाहरणीय वा सम्मानीत बन्नका लागि आफनो घरको चर्पी सफा राख्न जागरुक हुनेछन् |
| चर्पी सधैं सफा राख्ने पारीवारीक योजना बनाउनेछन | |
| सञ्चार क्रियाकलाप पश्चात चर्पी प्रयोग गर्ने परिवारका सबै व्यक्तिहरु वा सबै प्रयोगकर्ताहरु | स्वस्थकर चर्पी कस्तो हुनुपर्छ भन्ने बारे थाहा पाउनेछन् |
| हरेक पटक चर्पी प्रयोग गरीसकेपछि सफा गर्ने जिम्मेवारी प्रत्येक प्रयोगकर्ताकै हो भन्ने महशुस गर्नेछन् | |
| चर्पीलाई स्वस्थकर राख्नका लागि प्रयोग गर्दा र गरिसकेपछि के के बानी अपनाउनुपर्छ भन्नेबारे थाहा पाउनेछन् । | |
| स्वस्थकर चर्पीको फाईदा तथा अस्वस्थकर चर्पीको बेफाईदा बारे थाहा पाउनेछन् | |
| निश्चित समयको अन्तराल तोकी चर्पीको सम्पुर्ण भागलाई हर्पिक जस्ता सामाग्री प्रयोग गरी सफा गर्ने योजना बनाउनेछन् | |
| सञ्चार क्रियाकलाप पश्चात चर्पी सफा गर्ने व्यक्तिहरुले | परिवारका सबै व्यक्तिहरुले चर्पी प्रयोग गर्दा आनन्द महशुस हुने गरी चर्पी सफा राख्न चाहानेछन् |
समुदायमा साबुनपानीले जोखीमपूण अवस्थामा हात धुने बानी ब्यबाहार निकै कमी रहेको पाइन्छ । समुदाय तहमा गरिएको अध्ययनमा हातुधुनु पर्छ भन्ने सैधान्तिक ज्ञान भएपनी कसरी र कुन कुन समय महत्वपूर्ण छ भन्ने ज्ञानको कमी खड्कीएको छ । जोखीमपूर्ण अवस्थाहरु मध्ये पनी आफुले दिसा गरेपछि, गाइवस्तुको गोठ सफा गरेपछि, खाना पकाएपछि र खाना खाएर कालो भाँडा माझेपछि साबुन प्रयोग गरिन्छ तर खाना पकाउनु, खानु र खुवाउनु अघि पानीले मात्र हात धुने गरेको पाइन्छ। हात धुनेले पनी पानीले मात्रै धोए पुगीहाल्छ भन्ने तथा आँखाले देखिने फोहोर वा कडा गन्ध आउने भएपछि मात्रै हात फोहोर भएको महशुस गर्ने गरीएको छ । झाडापखाला, रुघाखोकी, निमोनिया र ज्वरो जस्ता धेरैजसो लागी रहने रोगहरु सरसफाइको कमीका कारण भन्दा पनी मौसम फेरिदा, बढी गर्मी हुदा, नया दाँत आउँदा, धेरै खाएर र नयाँ अन्न खाँदा लाग्छ भन्ने विश्वास देखीन्छ । यसका साथ साथै कतिपय समुदायमा साबुन प्रयोग गर्दा पैसा धेरै खर्च हुने डरले घरका सअविभावकहरु (सासु) बुहारी तथा बच्चा छोरीहरुलाई गाली गर्ने वा साबुन नदिने गरेको देखीएको छ । यसकारण हात नधुने र पानीले मात्र, माटो र खरानीले हात धुने समुदायलाइ सबुन र पानीले हात धुने बानी ब्यबाहार विकास गर्न पर्ने आवाश्यकता छ । सबुनपानीले हात धुने बानी ब्याबाहार प्रबद्र्धनका लागि निम्न अनुसारका उद्देश्यहरु तय गरिएको छ जसमा मुख्यतया ६वटा जोखिम पुर्ण अवस्थामा हातधुने बानी बेहोरा विकासको लक्ष्य निर्धारण गरिएको छ । ती जोखीमपूर्ण अवस्थाहरु चर्पी प्रयोग गरेपछि, बच्चाको दिसा सफा गरेपछि, फोहोर वस्तु वा विषादी छोएपछि, खाना बनाउनु, खानु र खुवाउनु अघि हुन् । यस ब्याबाहार परिवर्तनका लगि तलिका २ बमोजिम जिल्लाले कार्य गर्न शुरु गरेको छ ।
तालिका 2 साबुनपानीले हात धुने बानी ब्यबाहार प्रबद्र्धन
लक्षित समुह सञ्चारको उद्धेश्यहरु
| लक्षित समुह | सञ्चारको उद्धेश्यहरु |
| सञ्चार क्रियाकलाप पश्चात विषेश गरी पाँच वर्ष मुनीका बच्चाका आमाहरु लगायत अन्य सबै महिला पुरुष | हेर्दा फोहोर नदेखिने र नगनाउँने हात पनि वास्तवमा फाहोर हुन्छ भन्ने विश्वास गर्नेछन |
| हात सफा राख्नलाई साबुन नै आवश्यक पर्छ पानीले मात्र प्रयाप्त हुँदैन भन्ने कुरा महशुस गर्नेछन् । | |
| चर्पी प्रयोग गरीसकेपछि साबुनपानीले हात धुन जति महत्वपुर्ण छ, खाना बनाउनु, खानु र खुवाउनु अघि पनि साबुपानीले हात धुनु पनी त्यत्तिकै महत्वपुर्ण हो भन्ने कुरा थाहा पाउनेछन् | |
| व्यक्तिगत सरसफाइमा सबै भन्दा महत्वपुर्ण क्रियाकलाप साबुनपानीले हात धुनु हो भन्ने कुरा महशुस गर्नेछन् | |
| साबुनपानीले हात धुनैपर्ने ६ जोखिम पुर्ण अवस्था कुनकुन हुन भन्ने बारे थाहा पाउनेछन् | |
| ६ जोखिम पुर्ण अवस्थामा नै साबुनपानीले हात किन धुनु पर्छ यसका फाइदाहरुका बारेमा थाहा पाउनेछन् |
समुदायमा दिने सन्देशहरु संख्यात्मक भन्दा गुणात्मक तथा प्रभावकारी बनाउन बढी महत्वपूर्ण भएकोले पनि बानी ब्यवहार परिवर्तन रणनीतिले कम लक्षित ब्यवहार हुदै अघि बढ्ने जमर्को गरेको छ । खुल्ला दिसामुक्त घोषणा सँगै बानी ब्यवहार पविर्तनका लागि रणनीतिक तथा कार्यनिती निर्माण गरेर यसलाइ संस्थागत गर्न नसकेको खण्डमा समग्र सरसफाइ अभियान्ताहरु र आम समुदायमा नै दोष आउने र बास्तविक फाइदाको अनुभुती हुन नसक्ने भएकोले बानी ब्वहार परिवर्तनका लागि लागीपर्नु आवश्यक छ ।
Comments
Post a Comment