सरसफाइ र स्वच्छता प्रबद्र्धनका लागि बिद्यार्थीहरुका प्रयासहरु
![]() |
Students Showing Progress in School WASH
|
सरसफाइ र स्वाच्छताका सम्बन्धमा हालका बर्षहरुमा नेपालमा खुला दिसामुक्त अभियानले ब्यापकता पाएको छ। सन् २०११ सम्म जम्मा ४३ प्रतिशत सँग शौचालयमा पहुँच हुदा दक्षिण एसियाका देशहरु मध्ये पुछारमा झुण्डिदा खान जान्ने तर दिसा गर्न नजान्ने मनिसको बसोबास थलोका रुपमा परिचित थियो । सन् २०११ तयार भएको सरसफाइ गुरुयोजना स्थानियकारण गर्न सरोकारवालाहरुको प्रयास जारी रहदा हालको प्रदेश नम्बर २ का आठ जिल्लामा भने सन् २०१४ सम्म पनी खासै प्रगति भएको पाइदैन । यस प्रदेशको जम्मा २७ प्रतिशत मानिस सँग सरसफाइमा पहुच रहेका पाइन्छ (जनगणना, २०११)। यस परिवेशमा सरसफाइ भन्नासाथ प्राय मानिसले एक घर एक चर्पीलाइ बुझ्ने अवस्था सम्म ल्याउन सरोकारवालाहरुको ठूलो मेहनत र परिश्रम परेको छ । अव यसलाइ एक घर एक चर्पीबाट मथि उठाउदै पूर्ण सरसफाइका लागि संस्थागत, सार्वजनीक स्थानमा गुणात्मक सरसफाइका सुविधालाइ सुनिश्चित गर्दे साबुनपानीले हात धुने ब्यबाहार र ब्याक्तिगत सरसफाइ, स्वच्छ पानीमा पहुच, सुरक्षित खानाको प्रयोग, सफा घर आँगन र सफा वातावरणको सुनिश्चितताको लागि अझ ब्यापक प्रयाशको खाँचो छ। सन् २०११ सम्म सरसफाइमा ७५औ जिल्लाका रुपमा पुछारमा रहेको सप्तरी जिल्लाले वि सं २०७४ को चैत्रमा खुला दिसा मुक्त क्षेत्रका रुपमा विकास गर्न सफल भयो । यद्यपी सरसफाइमा बानी ब्याबाहार विकासका कार्यहरु गर्नु पर्ने टड्कारो आवाश्यकताहरु कयम नै छन् । यसै परिवशमा खडक नगरालिकाका बालबालिकाहरुले सरसफाइ प्रबद्र्धनका लागि नविन प्रयाशहरुको थालनी गरेका छन् ।
हाम्रा नेपाली हिन्दु समाजमा सरसस्वतीतालइ बिद्याको प्रतिका रुपमा लिइन्छ भने जसले सरसफाइको प्रतिकात्मक रुपमा सेतो आभुषण पहिरीएकी हुन्छीन् । त्यसकारण पनि सफा बिद्यलाय सिकाइका लािग साहायक वतावारण हो । हाल केही बिद्यालयका अवस्था हेर्दा सरसफाइको अवस्था दयनिय छ । यस परपेक्षमा खडक नगरपालिका भित्रका १० बिद्यालयले सरसफाइको अवस्था कायम गर्नका लागि बिद्यार्थाीको सुचकगत रुपमा आधारहरु तयार गर्दे यसलाइ झण्डा मार्फत सकारत्मक प्रतिश्पर्धा गराएका छन्। बिद्यालयमा बिद्यार्थीहरुले स्वच्छकर चर्पीको प्रयोग, साबुनपानीले हात धुने बानी र ब्याक्तिगत सरसफाइ, महिनावारी स्वच्छता, स्वच्छ पानी, सुरक्षित खाना र सफा वतावरणका लागि समुह निर्माण गरी कार्यहरु गर्दा आफ्नो नेतृत्व विकास तथा बिद्यालय सफा गर्न उपलब्धिमुलक भएको अनुभव बताउछन्। बिद्यार्थीहरुले सरसफाइको अवस्था सुधारका लागि स्व मुल्यङ्कनबाट आधार अङ्क तथा हालको अवस्थालाइ चित्रण गर्ने अभ्यासले परिवर्तनलाइ बुझ्न मद्दत गरेको छ । सरसफाइका प्रयाशलाइ निरन्तरता दिन तथा आफ्ना प्रयाशलाइ फैलाउनका लागि विभिन्न अतिथि, अभिभावक, सरोकारवाला तथा सर्वसाधारण बोलाएर सरसफाइ सम्मेलन गरेका छन् । यसरी सरसफाइ सम्मेलना गर्दा आफ्ना श्रृजनसिलतालाइ नाच, गित, नाटक, कविताका मार्फत प्रस्तुत गर्दे सरसफाइ कोषलाइ प्रबद्र्धन गरेका छन् । बिद्यालय सरसफाइको यस माहान प्रयाशलाइ एसएनभी नेपालको स्वस्थ्य र विकासको लागि शहरी सरसफाइ तथा स्वच्छता कार्यक्रम अन्र्तगत सबल नेपालले सहकार्य गर्दै छ।

Comments
Post a Comment