Posts

Showing posts from 2018

खडक नगरपालिकामा सरसफाइ सम्मेलन

१५ भाद्र, कल्याणपुर । From Sabal Neapl wwww.sabalnepal.org.np नगरपालिकालाई पुर्ण सरसफाइ युक्त नगरपालिका घोषणा गर्ने अभिप्रायका साथ खडक नगरपालिका स्थित फुलेश्वर जनता माध्यमिक बिद्यालय, वडा नं. ६ मा सरसफाइ सम्मेलनको आयोजना गरिएको छ । एसएनभी नेपालसंगको साझेदारीमा सबल नेपालद्धारा संचालित स्मार्ट बिद्यालय कार्यक्रम अन्र्तगत संचालित उक्त कार्यक्रम अन्र्तगत बिद्यालयका बालबालिकाहरुलाई बिभिन्न ७ समुहमा बिभाजन गरि सरसफाइ तथा स्वास्थ्यका सुचांकहरुको आधारमा जिम्मेवार दिइएको थियो । जस अन्र्तगत बालबालिकाहरुका लागि अंक सहित बिभिन्न ७ रंगको झण्डा समेत बिद्यालयमा राखिएको छ । सरसफाइ तथा स्वास्थ्यका सुचांकका आधारमा झण्डालाई माथि उठाउने गरिन्छ । झण्डा सत प्रतिशत माथि उठेको खण्डमा बिद्यालय पुर्ण सरसफाइ हुने भनी बुझिने जानकारी सबल नेपालका सुपरभाईजर देवेश कुमार चौधरीले दिनु भएको छ । शुक्रवार सम्पन्न उक्त कार्यक्रममा बालबालिकाहरुले आफना प्रतिभा प्रष्टफुटन गर्नुको साथसाथै झण्डोतोलन समेत गरिएको थियो । बिभिन्न ७ समुहको भएको उक्त प्रतियोगितामा स्वच्छ वातावरण समुह बिजेता भएको थियो । उत्कृष्टलाई ५ हजार नगद सम...

सरसफाइ र स्वच्छता प्रबद्र्धनका लागि बिद्यार्थीहरुका प्रयासहरु

Image
Students Showing Progress in School WASH  कृष्ण  जि सी सरसफाइ र स्वाच्छताका सम्बन्धमा हालका बर्षहरुमा नेपालमा खुला दिसामुक्त अभियानले ब्यापकता पाएको छ। सन् २०११ सम्म जम्मा ४३ प्रतिशत सँग शौचालयमा पहुँच हुदा दक्षिण एसियाका देशहरु मध्ये पुछारमा झुण्डिदा खान जान्ने तर दिसा गर्न नजान्ने मनिसको बसोबास थलोका रुपमा परिचित थियो । सन् २०११ तयार भएको सरसफाइ गुरुयोजना स्थानियकारण गर्न सरोकारवालाहरुको प्रयास जारी रहदा हालको प्रदेश नम्बर २ का आठ जिल्लामा भने सन् २०१४ सम्म पनी खासै प्रगति भएको पाइदैन । यस प्रदेशको जम्मा २७ प्रतिशत मानिस सँग सरसफाइमा पहुच रहेका पाइन्छ (जनगणना, २०११)। यस परिवेशमा सरसफाइ भन्नासाथ प्राय मानिसले एक घर एक चर्पीलाइ बुझ्ने अवस्था सम्म ल्याउन सरोकारवालाहरुको ठूलो मेहनत र परिश्रम परेको छ । अव यसलाइ एक घर एक चर्पीबाट मथि उठाउदै पूर्ण सरसफाइका लागि संस्थागत, सार्वजनीक स्थानमा गुणात्मक सरसफाइका सुविधालाइ सुनिश्चित गर्दे साबुनपानीले हात धुने ब्यबाहार र ब्याक्तिगत सरसफाइ, स्वच्छ पानीमा पहुच, सुरक्षित खानाको प्रयोग, सफा घर आँगन र सफा वातावरणको सुनिश्चितताको लागि ...

खुला दिसामुक्त सप्तरी र अबको प्राथामिकता

Image
कृष्ण जि सी District ODF declaration Ceremony of Saptari, Photo by Krishna GC सरसफाई तथा स्वच्छतालाई स्वास्थ्य, विकास र प्रतिष्ठाको आधार स्तम्भ मान्दै नेपाल सरसकारले सरसफाई गुरुयोजना सन् २०११ लागु गर्दा तराइका अधिकांश जिल्लाको सरसफाईको अवस्था नाजुक थियो । सबै भन्दा धेरै जनासंख्या बस्ने तराइरमधेशमा सबभन्दा कम मान्छेको चर्पीमा पहुंच रहेको अवस्थामा, सन् २०१७ सम्ममा देशका सबै घरधुरीसम्म शौचालय पुर्याउने लक्ष्य निकै महत्वकांक्षी तथा प्राय मधेशका आठ जिल्लाले लक्ष्य प्राप्त गर्न असम्भव नै छ भन्ने टिका टिप्पणी विभन्न स्तरमा भइरहेको परिपेक्षमा सप्तरी जिल्लाले २०७४ चेत्र २५ गते  लक्ष्य हासिल गरेर, गरे हुन्छ भन्ने तथ्यलाइ प्रमणित गरेको छ ।  सन् २०११ को राष्ट्रिय जनगणनाको तथ्यलाइ फर्केर हेर्दा सप्तरी जिल्लामा सरसफाइमा ७५औ जिल्लाको स्थानमा हुदा चर्पीमा पहुँचका हिसाबले जम्मा १९ प्रतिशतको हाराहारी सँग रहेको थियो । भएका शौचलाय पनि पुर्ण रुपमा प्रयोगमा आएका थिएनन् । समान्य बुझाइमा सबै घरधुरीले चर्पी निर्माण गरेको अवस्थालाइ खुल्ला दिसामुक्त अवस्था हो भन्ने बुझाइ स्थापित भएको छ । घना बस...
लागौ सरसफाइमा  (पटेर्वा गाबिस खुल्ला दिसमुक्त हुँदा को शुभकामना ) खुल्लामा शौच गर्दा, डगर बाटो, पोखरी सब तिर गन्नायो भरदिन तन मन दिइ, सब घर चर्पी बनायो प्रयोग गरेर सधै स्वच्छ चर्पी, सबुन पानी अनी हात हर विकासमा, सब जन, सरकार अनी सघं सस्था होउन साथ साथ सफा होउन डगर बाटो सव दिन, बननुन् सुन्दर उद्यान एक जुट भए पटेरर्वा बासी, शुरु भो बिकासको मध्यन्न पक्कै बल्छन् अव बत्ति सव तिर, शिक्षा स्वास्थ शुद्ध पानी सब घर जागे जागे अव चम्के सब तिर , पूर्ण सरसफाइमा, भइ अत्म निर्भर

सरसफाईमा उर्लदो जनलहर र खड्र्किदो आवश्यकताबीच बानी ब्यबाहार परिवर्तनको लागी सप्तरीमा गरिएका प्रयास

कृष्ण जि सी  सरसफाई तथा स्वच्छतालाई स्वास्थ्य, विकास र प्रतिष्ठाको आधार स्तम्भ मान्दै नेपाल सरसकारले सरसफाई गुरुयोजना सन् २०११ लागु गर्दा तराइका अधिकांश जिल्लाको सरसफाईको अवस्था नाजुक थियो । सबै भन्दा धेरै जनासंख्या बस्ने तराइरमधेशमा सबभन्दा कम मान्छेको चर्पीमा पहुंच रहेको अवस्थामा, सन् २०१७ सम्ममा देशका सबै घरधुरीसम्म शौचालय पुर्याउने लक्ष्य निकै महत्वकांक्षी तथा प्राय असम्भव नै देखिएको अवस्थामा हालआएर सरसफाइ अभियानले गति लिन थालेको छ । हालका बर्षहरुमा के पहाड, के हिमाल, र के तराइ, सर्बत्र सरसफाइको लहर चलेको छ । सिराहा र सप्तरी  जिल्ला सरसफाइमा क्रमश ७४ र ७५ औ जिल्ला मात्र होइन सरसफाईको पहृंच ज्यादै न्यून घरधुरीमा मात्र थियो, अर्थात सरसफाईको सुविधामा (शौचालयमा) पहुंच क्रमश सिराहामा २१ र सप्तरीमा १८ प्रतिशत  सँग मात्र रहेको र सो पनि पुर्ण रुपमा प्रयोगमा आएका थिएनन् । हालका बर्षहरुमा जिल्लाले आशालाग्दो तथा अनुकरणयोग्य प्रगति गरेको पाइएको छ् । अनेकौ प्रयाशहरु बिच अड्केको प्रगति हालका बर्षमा विना अनुदान एवं सरकारी, गैर सरकारी तथा निजी क्षेत्र सहितको समन्वय र सहकार्यले ...

सप्तरीबासीको तन, मन र कर्मको प्राप्ति, खुला दिसामुक्त जिल्ला सप्तरी

सरसफाइ र स्वच्छता प्रबद्र्धनका हिसाबले हालका बर्षहरु नेपालमा निकै फलदायी देखीएका छन् । नेपलमा सन् १९८० को दशक देखी सरसफाइ र स्वच्छता प्रबद्र्धनका कार्यहरु थालनी गरिएको मा यसले धिमे गति लिदै सन् २०१० सम्म आउदा जम्मा ४३ प्रतिशत सम्म मात्र शौचालय पुर्याउन सफल भएको थियो। त्यसबेला राज्यले सरसफाइ प्रबद्र्धनका लागि अनुदान बाँड्ने कार्यहरु भएको थियो । सन् २०११ मा नयाँ चिराबाट सोच्दै नेपाल सरकारले सरसफाइ प्रबद्र्धनको पद्दतीमा परिमार्जन गरी यसलाइ सामाजिक आन्दोलनका रुपमा प्रबद्र्धन गर्ने निति लिएर स्वस्थ्य प्रतिष्ठा र विकासका लागि सरसफाइ भन्दै गुरुयोजना सार्वजनिक गर्यो। गुरुयोजना सार्वजनीक भएपछी भने सरसफाइ प्रबद्र्धनले एउटा अभिभावकीय नीतिगत स्पस्टता पाएको छ जसको मर्म अनुसार सरकारी, गैर सरकारी तथा विभिन्न स्तरका सरोकारवालाहरु सँग सगै कार्य गर्ने पद्दतीको थालनी भएको छ । यस प्रकारको सँगै कार्य गर्नकालागि केन्द्र, क्षेत्र, जिल्ला, गाविस तथा वडा तह सम्मको संयन्त्र चलायमान गर्दे तिब्र गतिमा सरसफाइको सुबिधामा पहुच बृद्धि गर्न गुरु योजनाले नितीगत स्पष्टता ल्याएको छ। फलस्वरुप हाल नेपालमा ९६ प्रतिशतको हा...

सरसफाइ, हाम्रो संकृति

सरसफाइ, हाम्रो संकृति